हेटौंडा १२ वडा अध्यक्ष पदको को उपनिर्वाचनमा ६८.९ प्रतिशत मत खस्यो

Image

हेटौंडा। स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार बिहान ७ :१० बजेटबाट साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको छ ।

२ वटा मतदान स्थलमा ९ बुथ रहेको र कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४८४ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४२८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको केन्द्रमा ३ हजार १० मत खसेको छ भने विष्णुज्योती आधारभूत विद्यालयमाको केन्द्रमा २ हजार ४७४ मत खसेको हो ।

मतदान कार्यक्रममा महिला २ हजार ९४६ र पुरुष २ हजार ५३७ मतदाताले मतदान गरेका छन भने प्रतिभा मतदान केन्द्रमा १ हजार ६३७ महिला र १ हजार ३७२ पुरुषले मतदान गरेका छन् । विष्णुज्योती मतदान केन्द्रमा महिला १ हजार ३०९ र पुरुष १ हजार १६५ मतदाताले मत खसालेका छन् ।