हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारी ५०३ मतले विजयी भएका हुन् ।
कुल ५ हजार ४८४ मत खसेको थियो जस्स मध्ये ७८ बदर भएको छ भने अर्जुन प्रसाद तिवारी (नेपाली कांग्रेस) २०६३ मत ल्याई विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका रबिन कुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ ल्याएका छन् ।

















