हेटौंडा। नेपाल पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हेटौंडा ११ सिमल्टारमा भएको सभामा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख ( डीआईजी ) कृष्ण हरि शर्मा को प्रमुख आतिथ्यता रहेको थियो ।
संगठनका जिल्ला अध्यक्ष सूर्य बहादुर श्रेष्ठ को सभाध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी डीआईजी शर्मा ले पूर्व प्रहरीहरुले अब बेरोजगार हुन नपरोस् भनेर प्रदेश प्रहरी कार्यालयले विभिन्न किसिमको रोजगार मुलक तालिम दिई आर्थिक उपार्जनमा सहयोग गर्ने बताए । शर्माका प्रतिबद्धतालाइ जनाउँदै प्रदेश प्रहरी प्रमुखले पूर्व प्रहरीहरुलाइ ब्यारेक मै राखेर खाने , बस्ने ब्यवस्था सहित अटो , मयुरी लगायतका आयमुलक तालिम दिनेर तालिम पश्चात् अटो , मयुरी खरिदको लागि संबंधित वाणिज्य बैकहरुसङग पहल गरिदिने प्रतिबद्धता व्यक्त भएको छ डीआईजी साहब बाट संगठनका जिल्ला उपाध्यक्ष जनकमान डङ्गोलले जानकारी दिए ।
मकवानपुर जिल्ला का प्रहरी प्रमुख श्यामु अर्याल पूर्व प्रहरी संगठनका केन्द्रिय महासचिव रोवर केसी , बागमती प्रदेश अध्यक्ष रित बहादुर खाती क्षेत्री लगायत काको आतिथ्यतामा भएको सभामा दिवङ्गत भएका पूर्व प्रहरीका परिवार , आफ्नो कार्यकालमा उत्कृष्ट योगदान दिने पूर्व प्रहरीहरु लगायतकालाइ संगठनले सम्मान गरेको थियो । देशैभरी ५२ हजार पूर्व प्रहरी छन् । मकवानपुर जिल्लामा भने आजिवन सदस्यता लिएको ३५० जना , संगठनमा आउन बाकी २५० गरि ६०० जना पूर्व प्रहरी रहेको जिल्ला अध्यक्ष श्रेष्ठ ले बताए । कार्यक्रममा जिल्ला अध्यक्ष श्रेष्ठ , सचीव कृष्ण बहादुर खड्का , कोषाध्यक्ष जय बहादुर प्रधान ले प्रगति तथा कोषको प्रतिवेदन पेस गरेका थिए ।