हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कृषि प्रदर्शनी मेला आयोजना गरेको छ। कैलाश गाउँपालिकाको आयोजनामा मंसिर ३० गते र पुष १ गते कृषि प्रदर्शनी मेला आयोजना हुने भएको हो।
कृषि प्रवर्द्धनका लागि विभिन्न प्रकारका वृहत सास्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१ को अबसरमा बिभिन्न कृषिजन्य वस्तुको प्रर्दशनी हुने कैलाश गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले बताउनुभयो ।
कृषि प्रदर्शनी मेलामा आफुले उत्पादन गरेका उत्कृष्ट कृषिजन्य वस्तुहरु खाध्यबाली, धान, मकैको बोट, तरकारीबाली, फलफूल, नगदेबाली प्रर्दशनी हुने गरिने छ भने मेला कालिकाटार ३ कैलाश गाउँपालिकामा हुने अध्यक्ष लोक बहादुर मुक्तानले जानकारी दिनुभयो।















