हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ६ लाई २७ गते बालमैत्री वडा घोषणा गरिने

Image

हेटौंडा। बालबालिकामा लगानी शुनिश्चित भविस्य्को थालनी’ भन्ने मुल नाराका साथ मङ्सिर २७ गते विहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ६ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ६ नम्बर वडाका वडा अध्यक्ष विष्णु बहादुर दहालले निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४८ वटा सुचकहरु १०० प्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल भएको अध्यक्ष दहालले बताउनुभयो ।

संकलन २०७९ को तथ्यांक अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १ सय रहेको छ भने जस्मा १ हजार १ सय ३४ बालक र ९ सय सय ६४ बालिका रहेका छन् ।कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५३.८५ प्रतिशत बालक र ४६.१४ प्रतिशत बालिका यस वडामा रहेको जानकारी दिनुभयो।

वडामा सामुदायिक र सस्थागत र बाल विकास केन्द्र सहितका ७ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । साथै समुदाय स्तरमा १९ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेको छ । जस्मा ४ सय ७५ जना बालबालिकाहरु आवद्ध रहेका छन् ।

यस वडा नं ६ मा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सन्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रीयाशिल रहेका छन् भनेयस वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा भैसकेको छ। यसअघि हेटौंडा उपमहानगरपालिका वडा नं ८, ७,९,४,१७,२, १० र १५ ,११ र १९ लाई बालमैत्री वडा घोषगरि सकेको छ।