हेटौंडा–नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुर तथा हेटौंडा नगरकमिटिले नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सदस्य र जिल्ला समिति मकवानपुरको सहसचिव पदमा निर्वाचित भएका नेकपा एकिकृत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङ र जिल्ला अध्यक्ष शिब चौलागाईलाई सम्मान गरेको छ ।
तामाङ र चौलागाईंलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा तथा जिल्ला अध्यक्ष विष्णु दाहालले खादा ओढाई कदर पत्र प्रदान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले महासंघको चुनावमा संगठको त्यती भोट नहुँदा पनि अब्बल उत्रीन सफल पत्रकार द्वय तामाङ र चौलागाईंको उच्च मुल्यांकन गर्नु पर्ने बताईन् । यसै गरी प्रदेशको महासचिव पदमा पा“च वटा जिल्लामा चुनाव जित्न सफल महासचिवका उम्मेद्वार राजन दाहालको योगदानलाई पार्टीले कदर गर्नु बताईन् ।
सम्मान कार्यक्रमा केन्द्रीय परिषद सदस्य यादव गजुरेल, प्रदेश कमिटी सदस्य शिव हरि बर्तौला, जिल्ला अध्यक्ष बिष्णु दाहाल, जिल्ला सचिब धुर्ब भुजेल, जिल्ला उपसचिब किशोर बर्तौला, नगर सह इन्चार्ज राजु अधिकारी, नगर अध्यक्ष बिष्णुमाया लामा, नगर सचिव सफल अधिकारी, नगर उपसचिव द्वय हेम सुवेदी, देवेन्द्र पराजुली, समाजवादी प्रेस संगठनका जिल्ला उपाध्यक्ष तथा नगर प्रचार विभाग प्रमुख जी. न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।















