नेपाल पत्रकार महासंघ बागमती प्रदेश नवनिर्वाचित समिति लाई सम्मान तथा पदभार ग्रहण

Image

हेटौँडा ।  नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण साथै अध्यक्ष र महासचिवको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम मंगलबार  हेटौँडा–११ मा रहेको महासंघको कार्यालय परिसरमा निर्वाचन समितिले कृष्ण सारु मगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै अध्यक्ष मगर र महासचिव राधेश्याम खतिवडालाई महासचिवको पदभार ग्रहण गराइएको हो ।

निर्वाचन समितिका संयोजक प्रताप विष्टको अध्यक्षतामा सम्मान तथा प्रमाणपत्र वितरण  गरिएको हो । मंसीर २८ मा सम्पन्न भएको  निर्वाचनबाट निर्वाचित मकवानपुरका कृष्ण सारु मगरको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको थियो ।
पदस्थापन समारोहलाई सम्बोधन गर्दै कृष्ण सारु मगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको बताउदै सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष तथा निर्वाचन समिति संयोजक प्रताप विष्टले तीन पटक मिति तय भएर पनि निर्वाचन  हुन नसकेका कारणले कमजोर बनेको महासंघ निर्वाचन सम्पन्न भएसँगै बलियो भएको बताउनुभयो । उहाँले महासंघको गरिमा रहने गरी नवनिर्वाचित समितिले काम गर्नुपर्ने सुझाव दिदै प्रदेश समिति कान्छो समिति समेत भएकोले काम, गर्न, गराउन चुनौतिपूर्ण रहेको बिष्टको भनाइ रहेको थियो । कार्यक्रममा निवर्तमान समितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । यो नयाँ नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।