हेटौंडा कमाने ८ मा ११ गते देखि दोश्रो कमाने महोत्सव हुने

Image

हेटौंडा ८ नम्बर वडा कार्यालयको आयोजना ११ गतेदेखि स्थानिय पर्यटन प्रवर्द्धन एवम् व्यापार प्रर्दशनी सडक महोत्सव हुने भएको पत्रकार सम्मेलन गरि सचिवालय प्रमुख उमेश थापा मगरले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को चालु कार्यक्रम अन्तर्गत स्थानिय पर्यटन, स्थानिय सांस्कृतिक प्रवद्धन, स्थानिय व्यापार प्रर्दशनी लाई मुल नारा बनाई वडा भित्र रहेका स्थानिय कला संस्कृति पहिचान र व्यपार, व्यवस्थापन प्रर्दशनी गर्ने उद्देश्यले १९ वटै टोल विकास, संस्थाको उत्पादनले बजारमा आफ्नो पहिचान गराउन सक्ने उद्दश्यले यहि पुष ११, १२,र १३ गते हेटौंडा ८ कमाउनेको मेनरोडको निम चोक देखि पश्चिम अमरसिंह पथमा महोत्सव संन्चालन हुने ८ नम्बर वडा अध्यक्ष राम थापा ले बताएका छन।

सडक महोत्सवका लागि ८ नम्बर वडा कार्यालयले ५ लाख सहयोग गरिएको कमाने महोत्सवका आर्थिक संयोजक प्रबेश पोखरेल ले बताएका छन्। यस महोत्सवमा जम्मा १०० वटा स्टलहरु रहने छन ।