हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा सामुदायिक भवन शिलान्यास

Image

हेटौंडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चाईना क्वाटरमा करिब ३० लाख लागतमा सामुदायिक भवन बन्ने भएको छ । भवनको शिलन्यास हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गरेकी छिन् ।

सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा मेयर लामाको प्रमुख आतिथ्यता र वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपानेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । भवन हेटौँडा उपमहानगरपालिकाको सहयोगमा बन्न लागेको हो ।

कार्यक्रममा वडा सदस्यहरु रामकृष्ण अधिकारी र मनु दहालसँगै उत्तम शर्मा न्यौपाने, सुरेन्द्र ढुंगाना, मुना लामा, सिताराम तामाङ लगायतका विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।