बाग्मती प्रदेश मकवानपुर मनहरी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भवनको शिलान्यास नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ले गर्नुभएको थियोे । भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा मन्त्री सिंहले भवन सप्पन्न गर्न बजेट थोरै बाट शुरु गरिएको छ , यसलाई सुबिधा सम्पन्न र छिटो निर्माण गर्न आफू लागि पर्ने प्रतिबध्दता व्यक्त गर्नुभयो ।
उहाँले आफुलाइ भवन शिलान्यासमा जुन आशा र विस्वासले बोलाउनुभयो यहाँ हरुले सोचेको भन्दापनी बढी सुबिधा सम्पन्न भवन निर्माण गर्ने काममा आफ्नो अग्रसरता रहने आश्वासन दिनुभयो । मनहरी गाउँ पालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृहराज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ , बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन , संविधान सभा सदस्य राजाराम स्याङ्तान , बागमती प्रदेश सभाका पुर्व सदस्यहरु , गाउँ पालिका अध्यक्षहरु , गाउँ पालिका पदाधिकारीहरु लगायत बिशिस्ट ब्याक्ती तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
मनहरी गाउँपालिका ९ नम्बर वडा रजैया स्थित मनहरी गाउँपालिका को प्रशासनिक भवन निर्माण आयोजनाको निर्माण व्यवसायको नाम श्री तामाकोसी ढाचा निर्माण सेवा जे .भी. , बालाजु- १६ काठमाडौ रहेको छ । २०८१/०६/१४ मा सम्झौता भएको भवन निर्माणको काम २०८२/१२/३० मा सम्पन्न हुने जनाइएको छ । भवन निर्माणमा ८ करोड २८ लाख बजेट लाग्ने जनाइएको छ ।
यसै क्रममा मन्त्री सिंहले क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेको हो उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताउनुभयो।