हेटौंडा । हेटौंडामा BAW इन्टरनेशनलको सिटी कार लन्च गरिएको छ । एल. आर. आर मोटर्स प्रा. लि.ले हेटौंडामा पहिलोपटक यो कार लन्च गरेको हो । ब्रुम्बी नामक कार २०० किलोमीटर सम्मको लागि अतिउपयोगी र आरामदायी छ ।
इलेक्ट्रोनिक भएकोले वातावरण मैत्री , एक परिवारको लागि उपयुक्त छ र थोरै पुजी हुनेहरुको पनि गाडी चड्ने इच्छालाई यसले पुरागर्छ । अहिले शुरुमा २३ लाख रुपैयाँ यसको बजार भाउ रहेको कम्पनीका दिनेश डन्ङ्गोलले जानकारी दिए ।
देशैभरिको चार्जिङग स्टेसन बाट चार्ज गर्न सकिने र छिट्टै हेटौंडामा पनि यसको चार्जिङ्ङ स्टेसन संचालनमा ल्याउने डन्ङ्गोलले बताए । अहिले शुरुमा थोरै मात्र कार लन्च गरेका छौं निकट भविष्यमा अरुधेरै कार लन्च हुने डन्ङ्गोलको भनाइ छ ।















