“स्थानीय चुनावमा समाजसेवी विनय मल्लले डडेल्धुरा आउन आवश्यक छ”तमोलि

डडेलधुरा । विगत २ वर्षदेखि समाजसेवा गर्दै आएका युवा समाजसेवी सुरत तमोली भन्नुहुन्छ “डडेल्धुरामा विनय प्रकाश मल्लको खाँचो छ। विगत ४ वर्षदेखि समाजसेवा गर्दै आएका विनय प्रकाश मल्ल जापानमा रहेर पनि डडेलधुराका कुनै राजनीतिक दलका नेता कार्यकर्ता भन्दा कुनै मानेमा कम देखिन्नन् बरु तराजुमा राख्दा बढी देखिन्छन्।

जहाँ विपत्ति त्यहाँ विनय मल्ल पुग्दै आएका छन्। आफू जापानमा भएपनि आफ्नो जन्मथलोलाई असाध्यै माया गर्ने मल्ल अहिले डडेलधुराको अमरगढी नगरपालिका भित्रका स्थानीयको मन मुटुमा बस्न सफल भएका छन्। रात दिन नभनी जापानमा पसिना बगाई कमाएको पैसाको केही अंश समाजसेवामा लगाइरहेका छन्।

डडेल्धुरामा मल्लको आवश्यकता किन?
तमाेली भन्छन्
(१) उहाँ सात समुद्र टाढा रहेर त जन्मभुमिलाई यति माया गर्छन् भने नेपाल आएपछि त झन् कसाे विकास नगर्लान्?
(२) दीनदुखीको भावना बुझ्नको लागि
(३) बोल्ने मात्र हैन बोलेको काम गर्ने भएकाले पनि
(४) संघर्ष के हो भने कुरा बुझेकाले
(५) स्वतन्त्र युवा भएकाले

news center of article

विगत ४ वर्षदेखि समाजसेवा गर्दै आएका मल्लको सहयोग र अमरगढी युवा एकता टिमको समन्वयमा २०७८ कार्तिक महिनामा मात्र उनले गरेका कामहरु:-

(१) अमरगढीको कोटेउरामा विपन्न १६ घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग।
(२) पहिराेले घर बगाएका अमरगढी नगरपालिका वडा नम्बर १ का ऐर परिवारलाई रु. १०,००० सहयोग।
(३) अमरगढीको बागचाैर स्कुलमा रु. ५५,५५५ को अक्षयकोष स्थापना।
(४) कोरोना रोकथामका लागि मास्क बितरण।
(५) युवा विशेष छलफल र युवाको दायित्व सम्बन्धि तालिम।

तमोली अगाडि भन्छ्न् “१ महिनामा त उहाँको सहयोगले यति काम हुन्छ भने उनले ५ बर्षको सिङ्गो कार्यकाल पाएमा विकास नहुने कुरै छैन।

याे पनि हेर्नुस्
Loading...