काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए।
दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपेका थिए। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरेका थिए। तेस्रो खेलमा भने उनले खेलेका थिएनन्
umbro