Khabar Board

नेपालले सिरिज गुमाएपछी रोहित भन्छन्,- विश्वकपका लागि छानिएको नेपाली टोली अहिलेको ‘बेस्ट १५’

काठमाडौं । चौथो खेलमा २८ रनको जित निकाल्दै नेपालसँगको ट्वान्टी–२० शृंखला अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले जित्यो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो ।

जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो । अब यी दुई टिमबीचको अन्तिम खेल शनिबार हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपका लागि छनोट गरिएको राष्ट्रिय टोलीमा कुनै त्रुटी नरहेको बताएका छन् ।

उनले अहिलेको अवस्थामा ‘बेस्ट १५’ छनोट भएको बताए । ‘अहिलेको सिनारियोमा यो बेस्ट १५ हो’, वेस्ट इन्डिज एसँग शृंखला गुमाएपछि कप्तान रोहितले भने ।

नेपाल क्रिकेट संघ-क्यानले बुधबार आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको हो ।

उनले नेपाली खेलाडीले ठीक निर्णय लिन नसकेको र धैर्यतासाथ खेल्न नसकेको बताए । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको उनको भनाइ थियो । कप्तान रोहित एक्लैले ८२ रन बनाए । उनले यो टोलीविरुद्ध अघिल्ला दुई खेलमा शतक र अर्धशतक बनाएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.