बैतडीको पाटन नगरपालिकामा विषयगत समिति गठन

Image

बैतडी ।

बैतडीको पाटन नगरपालिकाले बिभिन्न विषयगत समितिको पनि टुङ्गो लगाएको छ । मंगलबार बसेको कार्यपालिका बैठकबाट विषयगत समितिको पनि टुङ्गो लगाएको छ । नगर प्रमुख गौरी सिंह रावलको संयोजकत्वमा शिक्षा समिति, स्थानीय विपद ब्यवस्थापन, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति गठन गरिएको छ ।

यसैगरी उपप्रमुख कमल बोहरा अपीको संयोजकत्वमा न्यायीक समिति, स्थानीय राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, अनुगमन योजना तर्जुमा तथा मुल्याङ्कन समिति र खोका छाप्रा ब्यवस्थापन समिति गठन गरिएको छ ।

त्यसैगरी पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टको संयोजकत्वमा समाजिक विकास समिति गठन गरिएको छ । वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । वडा नं ५ का वडा अध्यक्ष फुनि सिंह बोहराको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ ।

वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाको संयोजकत्वमा सार्बजनिक सेवा तथा क्षमता विकास समिति गठन गरिएको छ । वडा नं २ का वडा अध्यक्ष महेश प्रशाद पन्तको संयोजकत्वमा वन वातावरण तथा विपद ब्यवस्थापन समिति गठन गरिएको छ । वडा नं ७ का वडा अध्यक्ष ललित बहादुर चन्दको संयोजकत्वमा विधेयक समिति गठन गरिएको छ । स्टारबुलेटिनबाट

यो पनि : स्थायी शिक्षक मात्रै प्रधानाध्याप बन्ने, लाईसेन्स नभएका शिक्षक सबै हट्ने