Khabar Board
Flash logo up side
Nirbachan aayog

यस्तो छ पाटन नगरपालिकाको निति तथा कार्यक्रम (बजेट सिलिंग सहित)

Nirbachan m

बैतडी ।

बैतडीको पाटन नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । आज बसेको नगरसभामा नगर उपप्रमुख कमल बोहराले अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, पुर्वाधार र कृषिलाई प्राथमिकता राखी निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् ।

कृषि तर्फ कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण देखि महिनाको १ पटक हाट बजार लगाउनेसम्मका योजनाहरु अघि सारिएको छ । कृर्षकहरुलाई ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी पुर्वाधार तर्फपनि बाह्रैमास चल्न सक्ने किसिमका बनाउन ग्रामिण सडकलाई प्राथमिकतामा दिइएको छ । त्यसैगरी प्रसासकिय भवन नभएका वडाहरुमा प्रसासकिय भवन निर्माणको काम अघि बढाइएने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । फोहोरमैला ब्यवस्थापन केन्द्र, नमुना शहरको कार्यक्रमलाई तिब्रता दिईने देखि खानेपानी र बिद्युतलाई प्राथमिकता दिइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षा तर्फ अग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने देखि निजि शिक्षकको पारीश्रमिक बृद्धी सम्मका योजनाहरु अघि सारिएका छन् । नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजि शिक्षक र वालविकास शिक्षकहरुको अनुदानमा बृद्धी गर्ने, प्रत्येक बिद्यालयमा योग शिक्षा लागु गर्ने, एक वडा एक मिनि नमुना बिद्यालय कार्यक्रम लागु गर्ने, कक्षा १ देखि ८ सम्म नैतिक शिक्षा पाठ्यपुस्तकमा समाबेस गरिने, टुहुरा जेहेन्दार, सहिद तथा बेपत्ता तथा घाईने परिवारका छोराछोरीहरुलाई स्टेस्नरी समाग्री र छात्रवृतीको ब्यवस्था गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भौगोलिक कठिनाई र विद्यार्थी संख्याको अनुपातलाई हेरेर विद्यालय समायोजन तथा तहगत बृद्धी गर्ने पनि उल्लेख गरिएको छ ।

खेलकुदमा नगरस्तरीय खेलकुद प्रशिक्षको ब्यवस्था गर्ने देखि मेयर कप खेलकुद प्रतियोगिताको आयोजना गरिने सम्मका योजनाहरु समेटिएका छन् । नगरस्तरीय खेलकुद विकास समिति पनि गठन गरिने उल्लेख गरिएको छ ।

Panacea Education

वडाहरुमा निशुल्क स्वास्थय शिविरको आयोजना देखि प्राथमिक स्वास्थ्य केन्द्र पाटलाई स्तरोन्नती गरिने पनि उल्लेख गरिएको छ । अगामी ३ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी शव बहान खरिद गर्ने पनि जनाइएको छ ।

ज्येष्ट नागरिक सम्मान कार्यक्रम र महिला तथा बालबालिकाका क्षेत्रमा पनि कार्यक्रम गर्ने जनाइएको छ ।
धार्मिक तथा सास्कृतीक विकासका लागि पनि मठमन्दिरको भौतिक विकासका कार्यक्रम पन लागु गरिने उल्लेख गरिएको छ ।

स्वरोजगार कार्यक्रमका लागि सिप विकासका तालिमहरुको पनि आयोजना गर्ने उल्लेख गरिएको छ ।
सुसासनका क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु अघि सारिएका छन् । कर्मचारीको स्तरोन्नतीका लागि पहल गरिने देखि नगरपालिकाका उत्कृष्ट ३ जना कर्मचारीलाई वर्षिकरुपमा सम्मान गर्ने र कानुन विपरित आफ्नो कर्तब्य पालना नगर्ने कर्मचारीलाई दण्डित गरिने पिनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गर्दै बजेट सिलिङ पनि सार्बजनिक गरेको छ । ६४ करोड ४ लाख १८ हजार रुपैया बराबरको बजेट सिलिङ सार्बजनिक गरेको हो ।

नगरपालिकाले वडागत बजेटको सिलिङ पनि तयार पारेको छ । वडा नं १ मा ४५ लाख ८३ हजार २सय, वडा नं २ मा ४४ लाख ८३ हजार २ सय, वड नं ३ मा पनि ४४ लाख ८३ जार २ सय, वडा नं ४ मा ४३ लाख ८३ हजार २ सय, वडा नं ५ मा ४३ लाख ८३ हजार २ सय, वडा नं ६ मा ४६ लाख ३३ अजार २सय र वडा नं ७,८,९ र १० मा पनि समान ४३ लाख, ८३ हजार २ सयका दरले बजेट सिलिङ सार्बजनिक गरेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.