Khabar Board
Flash logo up side
Nirbachan aayog

सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

Nirbachan m

धनगढी ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ ।

असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् । बजेटमा सरकारविरूद्ध सत्तारूढ र विपक्षी दलका सांसद एकजुट भएपछि प्रदेशसभाको बैठक चल्न सकेको छैन ।

Panacea Education

सांसदहरूको विरोधकै कारण ८ गतेका लागि बोलाइएको बैठक १२ गतेसम्म सारिएको थियो । तर सामाजिक विकास मन्त्री गोविन्द बोहरासहित नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरू बजेट संशोधनको माग गर्दै काठमाडौं पुगेका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.