बैतडी ।
बैतडीको सिगास गाउँपालिका ८ घर भएका १३ वर्षिय सुरेन्द्र बोहरा शनिबार देखि बेपत्ता भएका छन ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं–१ स्थित सुखड पिपल डाँडाबाट बेपत्ता भएका बताइएको छ । बोहरा सो ठाउँमा एक महिनादेखि दिदीसँग भाडामा बस्दै आएका थिए ।
सुरेन्द्र हिजो बेलुका करिब ५ बजे खेल्छु भनेर निस्किएका र अहिले सम्म नफर्किएका उनकी दिदी प्रमिला बोहराले बताइन् । उनलाई भेटाएमा ९८६५६१३३९४ नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्। यस्तै प्रहरीले पनि बेपत्ताको जानकारी आएको र खोजी कार्य थालिएको बताएको छ।