कञ्चनपुर । लागुऔषधसहित एक नेपाली भारतको वनवासामा पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई लागु औषधि सहित भारतीय प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भारतीय प्रहरीले लागुऔषध रोकथामका लागि ‘क्रैक डाउन’अभियान चलाइरहेको छ ।