जनकपुर बोल्ट्सले चितवन राइनोजलाई दियो सामान्य रनको लक्ष्य

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले खासै राम्रो प्रदर्शन गर्न सकेन। चितवनका बलरहरूसामु जनकपुरका ब्याटरहरू टिक्न नसक्दा पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो।

जनकपुरका लागि हरमीत सिंहले सबैभन्दा बढी २५ रन बनाए। यस्तै, बिशाल सुशलिंगले १५ रन तथा राहुल यादव र संतोष कार्कीले समान १०-१० रन जोडे। अन्य ब्याटरहरूले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरलाई सस्तैमा रोक्न चितवनका रणजीत कुमारले निकै शानदार बलिङ गर्दै ३ ओभरमा जम्मा २ रन दिएर ३ विकेट लिए। त्यस्तै, सिकन्दर रजा र कामिल मिशाराले २-२ विकेट लिए भने रिजन ढकालले १ विकेट हात पारे।