Khabar Board
Flash logo up side
flash header

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल

Nirbachan m

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध खेल्दैछ ।

दुबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा सुदूरपश्चिमले ३ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ । प्रदेश–१ ले भने दुई खेलबाट १ अंक जोडेर पुछारमा रहेको छ । प्रदेश–१ का खेलाडीमा कोभिड–१९ संक्रमण देखिएका कारण नेपाल पुलिसविरुद्धको खेल स्थगित भएको थियो । पछि एकजनामा मात्र संक्रमण देखिएको प्रदेश–१ का व्यवस्थापकले जनाएका छन् । नेपाल पुलिस र प्रदेश–१ बीचको खेल सोमबार हुनेछ ।

समूह ‘ए’बाट नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । पाँच अंक जोडेर दोस्रो त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनल नजिक छ । त्रिभुवन आर्मी रोकिनका लागि प्रदेश–१ ले बाँकी सबै खेल राम्रो रनरेटमा जित्नुपर्छ ।

Center article

त्रिवि क्रिकेट मैदानमै हुने दोस्रो खेलमा लुम्बिनी र गण्डकीले प्रतिस्पर्धा गर्नेेछन् । समूह ‘बी’ मा रहेको लुम्बिनीले ३ खेलबाट २ अंक जोडेर चौथो स्थानमा छ । तीन खेलमा अंकविहीन गण्डकी पुछारमा छ । लुम्बिनी र गण्डकीको खेल प्रतिष्ठाको लडाईंमात्र हुनेछ । समूह ‘बी’बाट सशस्त्र प्रहरी बल (एपीएफ) र वाग्मती प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । सेमिफाइनल खेल मंगलबार हुनेछन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.