Khabar Board
Flash logo up side
flash header

नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान, दियो ८१ रनको लक्ष्य

Nirbachan m

काठमाडौं । ओमानमा जारी आईसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको छ।
क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो। सन्दीप लामिछानेले तीन तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २ विकेट लिए।

कुशल मल्लले एक विकेट हात पारे। ३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो। पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए। क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो।
सन्दीपले चार ओभरमा १२ रन खर्चिए। उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए। कमलले ३ ओभरमा १६ रन दिए। अविनाशले ३ ओभरमा ७ रन मात्र दिए।

समूहका अघिल्ला दुवै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ। तर क्यानडा र ओमानले विशाल अन्तरले जित हात पारेमा नेपाल समूहगत चरणबाटै बाहिरिन पनि सक्ने छ। क्यानडासँग हारेपनि समूह विजेता बन्ने सम्भावना पनि नेपालको छ।
समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ। नेपालको नेट रनरेट करिब साढे ४ अंक छ। दोस्रो स्थानमा रहेको क्यानडाको २ खेलबाट २ अंक छ। क्यानडाको नेट रनरेट साढे २ अंक छ।

Center article

अर्को समूहबाट आयरल्यान्ड समूह विजेता र यूएई समूह उपविजेता बनेर सेमिफाइनल पुगेका छन्। समूह विजेता बने नेपालले यूएईसँग र उपविजेता बने आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.