छोराले आईपीएल खेल्न भिसा नपाएपछि यस्तो भन्छन् मोइन अलीका बुबा

Image

काठमाडौं ।

लोकप्रिय अलराउन्डर मोइन अली आईपीएल २०२२ मा चेन्नई सुपर किंग्स (सीएसके) ले सुरुवाती खेल गुमाउने भएका छन् । उनले भिसा समस्याका कारण आईपीएलको सुरुवाती खेल गुमाउने भएका हुन् ।

समयमै भिसा नपाएका कारण मोइनले १५ औं सिजनको आईपीएलको पहिलो खेल गुमाउने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चेन्नई सुपर किंग्सका सीईओ केएस विश्वनाथनले पनि यो कुराको पुष्टि गरेका छन् ।

उता मोइनका बुबा मुनिर अलीले छोराले भिसा नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ‘मोइन अलीले भारतमा धेरैपटक खेलिसकेका छन्, त्यसैले उनको भिसा किन हालसम्म क्लियर भएको छैन भन्ने हामीले बुझेका छैनौं । छिट्टै भिसा पाउने आशा छ,’ मोइनका बुबा मुनिरले भनेका छन् ।

मोइनले २८ फेब्रुअरीमा भिसाका लागि आवेदन दिएका थिए । तर प्रमाणिकरण प्रक्रियामा ढिलाइ भएपछि उनको मुद्दा अलपत्र परेको थियो । जसका कारण मोइल अब २६ मार्चमा केकेआरविरुद्ध हुने पहिलो खेलमा सहभागी हुने छैनन् । उनी दोस्रो खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

गत वर्ष चेन्नई र केकेआरले आईपीएलमा फाइनल खेलेका थिए । यसपटक चेन्नईको टोलीको लक्ष्य उपाधि रक्षा गर्ने हुनेछ । मोइनलाई लिलामी अघि चेन्नईले रिटेन गरेको थियो ।