साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध भारत पराजित

Image

काठमाडौं ।

यू–१८ महिला साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा बंगलादेशविरुद्ध भारत १–० गोल अन्तरले पराजित भएको छ । शुक्रबार साँझ भएको खेलमा बंगलादेशको जितका लागि अकलिमा खातूनले निर्णायक गोल गरिन् ।

उनले खेलको ७४ औं मिनेटमा भारतीय गोलकीपरलाई छक्याउँदै सजिलै गोल गर्न सफल भइन् । आजको खेल जिते पनि बंगलादेश च्याम्पियन भने बन्न चुक्यो । भारत अघिल्लो खेलमा नेपालविरुद्ध गरेको गोल अन्तरका हिसाबले विजेता बन्यो ।

भारतले नेपालविरुद्ध ७–० र ५–१ को जित निकालेको थियो । जसकारण भारतले ट्रफी घरमै राख्न सफल भयो । बंगलादेशविरुद्ध नेपाल क्रमशः २–४ र २–१ गेल अन्तरले पराजित भएको थियो । यसपालि प्रतियोगितामा तीन टिमले मात्र भाग लिएका थिए ।