पिएनजीविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, प्लेइङ–११ मा एक खेलाडी परिवर्तन

Image

काठमाडौं ।

पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल–पिएनजीबीचको खेल साढे ९ बजेदेखि सुरु हुँदैछ । नेपालले प्लेइङ–११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । आज नेपालले कमलसिंह ऐरीलाई विश्राम दिएर गुल्शनकुमार झालाई मौका दिएको छ ।

शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भयो । शीर्षक्रमका ब्याटर नचल्दा र फिनिसिङमा चुक्दा नेपाल पराजित हुन पुगेको हो । यद्यपि, सो खेलमा युवा ब्याटर रोहितकुमार पौडेलले १२६ रनको कीर्तिमानी पारी खेले ।

उनले पछिल्लो समय लगातार रन बनाइरहेका छन् । सिरिज जोगाउने हो भने आज पनि रोहितको ब्याट चल्न आवश्यक छ । सिरिजमा जीवित रहन नेपाले आजको खेल जित्नैपर्ने हुन्छ । पिएनजी भने लगातार दोस्रो जित निकाल्दै सिरिज क्लिनस्विप गर्न चाहन्छ । उसले पहिलो खेलमा राम्रो ब्याटिङ गरेको थियो । आज पसिन पिएनजी सोही लय दोहोर्याउन चाहन्छ ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, देव खनाल, अनिल साह (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, भीम सार्की, सोमपाल कामी, पवन सर्राफ, गुल्शनकुमार झा र सन्दीप लामिछाने (कप्तान) ।