थाइल्याण्डमा आज दोस्रो म्याच खेल्दै नेपाल, यसरी हेर्न सकिनेछ लाइभ

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज थाइल्याण्डको क्लब चोनबुरी एफसीको सामना गर्दैछ । खेल चोनबुरीको घरेलु मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

थाइ क्लबविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने योजनामा छ । घरेलु टोली पनि नेपाललाई हराउने उद्देश्यले मैदान उत्रनेछ । यसअघि थाइल्याण्डसँगको मैत्रीपूर्ण खेल खेलमा नेपाल २–० ले पराजित भएको थियो । नेपाल र चाेनबुरीकाे खेल पनि थाइरथ टेलिभिजन (Thairath TV) को वेबसाइटमा गएर हेर्न सकिनेछ ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो । छनोटमा नेपाल कठिन समूहमा छ । समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् ।

यो समूहका खेल कुवेतमा हुनेछन् । खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन् । नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।