सुनिल धमलाको आक्रामक पारी, गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

राष्ट्रिय क्रिकेटर सुनिल धमालाले सप्तरी प्रिमियर लिगमा उत्कृष्ट ब्याटिङ गरेका छन् । तिलाठी कोइलाडीबाट खेलिरहेका उनले टिभिएस किंग्स राजविराजविरुद्ध ४२ बलमा चार छक्का र आठ चौकासहित ७२ रनको पारी खेलेका हुन् ।

उनकै उत्कृष्ट ब्याटिङमा तिलाठीले राजविराजलाई १९२ रनको बलियो लक्ष्य दिएको छ । राज रंगशालामा पहिला ब्याटिङ गरेको तिलाठीले २० ओभरमा एक विकेट गुमाएर १९१ रन बनायो । उसका लागि सुनिलले ७२ बाहेक रोशन विश्वकर्माले अविजित ४०, योगेन्द्रसिंह कार्कीले ३० र भुवन कार्कीले २४ रनको योगदान दिए ।

राजविराजका महबुब आलमले दुई र विशाल सुश्लिङ र शेख इमरानले एक/एक विकेट लिए । पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का विरुरुद्ध एकएक खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन् ।

टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन् ।