काठमाडौं ।
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) सँगको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र पिएनजीबीचको खेल साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भैसकेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी-२० सिरिजमा त्यसको बदला लिन चाहन्छ । तर, बलियाे टाेली पिएनजीलाई हराउँन सहज छैन ।
नेपाल र पिएनजीले सात वर्षपछि एक अर्काविरुद्ध टी-२० खेल खेल्न लागेका हुन् । यसअघि नेपाल र पिएनजी एकपटक मात्र टी-२० अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् ।
सन् २०१५ मा आसिसी टी-२० विश्वकप छनोटअन्तर्गतकाे खेलमा नेपाल ८ विकेटले पराजित भएकाे थियाे । पिएनजीले पछिल्ला ६ टी-२० खेलमा जित निकाल्न सकेको छैन । नेपालले भने पछिल्ला ५ खेलमा ४ जित र १ हारकाे नतिजा निकालेकाे छ ।
नेपाल आफ्नो लयलाई कायम राख्दै पिएनजीमाथि जित हात पार्न चाहन्छ । पिएनजी पनि घरेलु टाेलीलाई स्तब्ध पार्दै आफ्नो लय फर्काउने प्रयासमा हुनेछ । टी-२० अन्तर्राष्ट्रियमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ खेल खेल्दा ७ जित र १ हारको नतिजा निकालेको छ ।
नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, लोकेश बम, रोहितकुमार पौडेल, करण केसी र अविनाश बोहरा ।