काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलिका युवा ओपनर ब्याटर कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यू गिनी (पिएनजी) विरुद्धको खेलबाटद भुर्तेलले यो कीर्तिमान कायम गरेका हुन ।
पीएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघी भुर्तेलले ५०० रन पूरा गरे । उनले मात्र १२ खेलमा यो कीर्तिमान बनाएका हुन् । यसअघि भारतीय ब्याटर केएल राहुलको नाममा यो कीर्तिमान थियो । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।
रोहित टी-२० टिममा समावेश
युवा ब्याटर रोहितकुमार पौडेललाई त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली टोलीमा समावेश गरिएको छ । यसअघि पपुवा न्युगिनी (पिएनजी) विरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका उनलाई टी-२० सिरिजका लागि पनि टोलीमा समावेश गरिएको हो ।
उनले पिएनजीविरुद्धको एकदिवसिय सिरिजमा शतकीय पारी खेलेका थिए । उच्च लयमा रहेकाले रोहितलाई टी-२० टोलीमा पनि बोलाइएको हो ।
पिएनजीविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा उनले १२६ रनको पारी खेलेका थिए । दोस्रो खेलमा भने उनी ३५ रनमा आउट भए ।













