नेपालले दियो पिएनजीलाई कीर्तिमानी लक्ष्य, कुशलले रचे इतिहास

Image

काठमाडौं ।

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई १८४ रनको लक्ष्य दिएको छ ।अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पिएनजीलाई दिएको यो हालसम्मकै ठूलो लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले ४३, रोहितकुमार पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्लले ११ रन बनाए ।

लोकेश बम (५),र दीपेन्द्रसिंह ऐरी (४) र सोमपाल कामी (१) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीका चार्ल्स अमिनी, अलि नाओ, चाड सोपरले दुई/दुई, रिली हेकुरे र नर्मन भानुआले एक/एक विकेट लिए ।

कुशलले बनाए कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलिका युवा ओपनर ब्याटर कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यू गिनी ९पिएनजी० विरुद्धको खेलबाटद भुर्तेलले यो कीर्तिमान कायम गरेका हुन ।

पीएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघी भुर्तेलले ५०० रन पूरा गरे । उनले मात्र १२ खेलमा यो कीर्तिमान बनाएका हुन् । यसअघि भारतीय ब्याटर केएल राहुलको नाममा यो कीर्तिमान थियो । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।