काठमाडौं ।
टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा मलेसियाले पपुवा न्यूगिनी (पिएनजी) लाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनायो ।
उसका लागि वीरन्दीप सिंहले ५२ बलमा दुई चौका र दुई छक्कासहित अविजित ५९ रन बनाए । त्यस्तै, कप्तान अहमद फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ५६ रनको योगदान दिए । सायद अजिजले २६ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४७ रनको आक्रामक पारी खेले ।
पिएनजीका नर्मन भानुआले दुई र नोसेना पोक्वानाले एक विकेट लिए । सिरिजअन्तर्गत मलेसियाले दोस्रो खेल भोलि नेपालविरुद्ध खेल्नेछ । नेपाल पहिलो खेलमा पिएनजीविरुद्ध १५ रनले विजयी भएको थियो ।