काठमाडौं।
गत शनिबारबाट सुरु १५ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल) मा आज एक खेल हुदैछ। आजको खेलमा कोलकाता नाईटराईडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर बिच बेलुकी ७ः४५ मा खेल हुनेछ।
दुवै टोली दोस्रो खेलमा खेल्दै गर्दा कोलकातापहिलो खेलमा जित सहित डि वाई पाटिल स्टेडियम पुगेकोमा बैंग्लोर भने पहिलो जितको खोजीमा रहेको छ। यि दुई टोली बिचको खेल मुम्बई स्थिति डि वाई पाटिल क्रिकेट स्टेडियममा हुदैछ।
मंगलबार भएको खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदराबादलाई ६१ रनले पराजित गरेको थियो। यस संस्करणको आईपिएलमा नया दुई टोली सहित १० टिमको सहभागीता रहने छ। १५ औं संस्करणको आईपिएलमा १० टोलीको सहभागीतामा लिग चल्नेछ। १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ।
प्रत्येक १० टोलीले आफ्नो समुहका सबै र अर्को समुहका एक टोली (जुन टोली आफ्नो निकटरुपमा अर्को समुहमा रहेको छ) सॅंग २ २ र अर्को समुहका बाकी ४ टोलीसॅंग १ १ गरि लिग चरणमा १४ खेल खेल्ने छन्। लिग चरणका खेल वागंखडे,डि वाई पाटिल,एमसिए तथा सिसिआई गरि चार मैदानमा हुनेछ भने प्लेअफका लागि मैदानको निधो भईसकेको छैन।
बैंग्लोरको सम्भावित प्लेइङ–११ : फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, दिनेश कार्तिक (विकेटकीपर), शेरफन रदरफोर्ड, शाहबाज अहमद, वानिन्दु हसरंगा, हर्षल पटेल, डेभिड विली, मोहम्मद सिराज र सिद्धार्थ कौल ।
कोलकाताको सम्भावित प्लेइङ–११ : वैंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्सर मोहम्मद नाबी, शेल्डन ज्याक्सन (विकेटकीपर), आन्द्रे रसेल, सुनिल नारायण, उमेश यादव, शिवम मावी र वरुण चक्रवर्ती ।