महिला फुटबलमा कीर्तिमानी दर्शक

Image

बार्सिलोना ।

बार्सिलोना र रियल म्याड्रिडको महिला टिमबीच बुधबार क्याम्प नुमा भएको खेललाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् । च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगका लागि भएको यस खेलमा बार्सिलोलना ५–२ ले विजयी रह्यो ।

यसलाई ९१ हजार ५ सय ५३ दर्शकले प्रतक्ष्य रंगशालामा हेरेका थिए । यो जितसँगै बार्सिलोनाले सेमिफाइनल प्रवेशका लागि निर्णायक ८–३ को अग्रता पनि लिन सफल रह्यो ।

यस अगाडि सन् १९९९ को महिला विश्वकपको फाइनलमा अमेरिका र चीन रोज बाउलमा भिड्दा ९० हजार १ सय ८५ दर्शकले हेरेका थिए । क्लब स्तरमा भने सन् २०१९ मा बार्सिलोना र एटलेटिको म्याड्रिडबीचको खेल ६० हजार ७ सय ३९ दर्शकले हेरेका थिए ।