काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाललाई भने घाटा लागेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो ।
नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।
नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०५ औं स्थानमा रहेका छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा ब्राजिल उक्लिएको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।















