प्रिमियर लिग आगामी सिजनमा पनि ५ खेलाडी परिवर्तन गर्न पाउने

Image

काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आगामी सिजन पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका छन् । प्रिमियर लिग क्लबका शेयरधनीहरु एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न सहमत भएका छन् ।

हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराईनेछ । सो समय टिमले एक भन्दा बढी परिवर्तन गर्न सक्नेछ । टिमले मध्यान्तरको ब्रेकमा समेत खेलाडी परिवर्तन गर्न पाउनेछ ।

यस अघि फुटबलमा ३ खेलाडी परिवर्तन सकिने नियम रहेको थियो । तर, कोरोनाका कारण रोकिएको फुटबल सुरु भएपछि फिफाले ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो । फिफाले २०२२ को डिसेम्बर ३१ सम्म पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो ।