२०२२ मा सर्वाधिक रन : शीर्षमा छन् दीपेन्द्र, अन्य स्टारको स्थान कहाँ?

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण ब्याटर दीपेन्द्रसिंह ऐरीले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले २०२२ को ३ महिनाको अवधिमा दुई शतकीय पारी खेलिसकेका छन् । साथै, ऐरी यो वर्ष टी–२० मा सर्वाधिक रन बनाउने मामलामा शीर्ष स्थानमा छन् ।

उनले १२ खेलको ११ पारीमा तीन अर्धशतक र एक शतकसहित सर्वाधिक ५०२ रन बनाएका छन् । जसमा ऐरीको उच्च स्कोर अविजित ११० रन रहेको छ । हालसम्म उनले टी–२० अन्तर्राष्ट्रियमा ३३ पारीमा चार अर्धशतक र एक शतकको सहयोगमा ९७९ रन बनाएका छन् ।

त्यस्तै, २०२२ मा टी–२० मा सर्वाधिक रन बनाउने मामलामा यूएईका मोहम्मद वसिम दोस्रो स्थानमा छन् । उनले ८ खेलमा एक शतक र तीन अर्धशतकसहित ३५९ रन बनाएका छन् । जसमा वसिमको उच्च स्कोर ११२ रन हो ।

यो सूचीको तेस्रो स्थानमा वेष्ट इण्डिजका निकोलस पूरनको नाम आउँछ । उनले ८ खेलमा चार अर्धशतकको मद्दतमा ३४८ रन बनाएका छन् । यसक्रममा पूरनको उच्च स्कोर ७० रन हो ।

यो वर्षको ३ महिना सकिँदा टी–२० मा सर्वाधिक रन बनाउने मामलामा यूएईका वृत्त अरविन्द तेस्रो नम्बरमा आउँछन् । उनले सात पारीमा तीन अर्धशतकको सहयोगमा ३३६ रन बनाएका छन् । जसमा अरविन्दको उच्च स्कोर अविजित ९७ रन हो ।

यो सूचीको पाँचौं स्थानमा नेपाली टिमका प्रारम्भिक ब्याटर कुशल भुर्तेल छन् । उनले २०२२ मा १० खेलमा एक शतक र एक अर्धशतकसहित २७० रन बनाएका छन् । जसमा कुशलको उच्च स्कोर अविजित १०४ रन हो ।

हालसम्म उनले १५ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र पाँच अर्धशतकसहित कुल ५४८ रन बनाएका छन् । जस क्रममा कुशलले २१ छक्का र ५३ चौका हिर्काएका छन् । त्यस्तै, यो सूचीको छैटौं स्थानमा पनि नेपाली ओपनिङ ब्याटर आसिफ छन् ।

उनले यो वर्षमा १२ खेलमा एक अर्धशतकसहित २६१ रन बनाएका छन् । जसमा उनको उच्च स्कोर ५७ रन हो । २१ वर्षीय आसिफले हालसम्म टी–२० मा १७ म्याच खेल्दा २ अर्धशतकसहित कुल ४१५ रन बनाएका छन् । जसमा उनले ४२ चौका र १६ चौका हिर्काएका छन् ।

२०२२ मा टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने सूचीको सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः पथुम निशंका (२६०), रोभम्यान पावेल (२४२), दसुन शनाका (२४०) र एन्डि बलबर्नी (२३६ रन) रहेका छन् ।

यो पनि पढौं– सर्वाधिक विकेट लिने सूचीको दोस्रोमा उक्लिए सन्दीप, यस्तो छ अन्य बलरको स्थान

यो पनि पढौं– त्रिकोणात्मक सिरिज फाइनल : नेपालको प्लेइङ–११ मा एक खेलाडी परिवर्तनको सम्भावना