Khabar Board
Flash logo up side
flash header

फाइनलमा पनि नेपाललाई ब्याटिङको निम्तो, यी खेलाडीले पाए प्लेइङ–११ मा मौका

Nirbachan m

काठमाडौं ।

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल पहिला ब्याटिङमा उत्रने भएको हो ।

नेपालले आज कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई मौका दिएको छ । कमल घाइते भएका कारण खेल्न नसक्ने भएका हुन् । नेपाल सिरिजको चारवटै खेल जितेर फाइनलमा पुगेको हो ।

पिएनजी भने चारमध्ये एक खेल मात्र जितेर फाइनल प्रवेश गर्न सफल भयो । उसले सिरिजमा नेपालसँगको दुई खेलमा हार बेहोर्दा चौथो खेलमा मलेसियालाई भने ८ विकेटले हरायो । पिएनजीले फाइनल पुग्नुअघि अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार ब्याटिङ गर्‍यो ।

Center article

सो खेलमा उसले मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । शानदार लयमा फर्किएको पिएनजी एकदिवसीयपछि त्रिकोणात्मक टी–२० श्रृंखला पनि जित्न चाहन्छ । उसले टी–२० अघि नेपालविरुद्धको दुई खेलको वानडे सिरिज क्नि स्विप गरेको थियो ।

नेपाल भने पिएनजीविरुद्ध बदला लिने योजनामा छ । नेपालले पनि जारी सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ । यही श्रृंखलाअन्तर्गत नेपालले पहिलो खेलमा पिएनजीलाई ३७ र दोस्रो खेलमा १५ रनले हराएको थियो । नेपाल फाइनलमा पनि सोही लय कायम राख्न चाहन्छ ।

नेपालको प्लेइङ-११ : सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी , दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अविनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहितकुमार पौडेल ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.