काठमाडौं ।
एएफसी कप–२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुनेछ । खेलअघि कन्सर्ट हुने आयोजकले जनाएको छ । यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ ।
यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ । खेलको टिकट दर भिआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय राखिएको छ ।
