लोकेश र रोहितको उत्कृष्ट ब्याटिङ, गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

रूपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत न्यू होराइजनविरुद्ध जेभी वारियर्स ९३ रनले विजयी भएको छ । यो जितसँगै वारियर्सले सेमिफाइनलको स्थान पक्का गरेको छ ।

वारियर्सको जितमा नेपाली क्रिकेट टिमका युवा ब्याटर लोकेश बमले आ’क्रामक पारी खेले । उनले ५२ बलमा तीन चौका र आठ छक्कासहित ८६ रनकाको विष्फोटक पारी खेलेका हुन् । त्यस्तै, राष्ट्रिय टिमका अर्का महत्वपूर्ण सदस्य रोहितकुमार पौडेलले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५४ रन बनाए ।

उनीहरूकै उत्कृष्ट प्रदर्शनमा टस जितेर ब्याटिङ रोजेको वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । न्यू होराइजनका मोहम्मद हसैनले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक २ विकेट लिए । १ सय ५८ रनको लक्ष्य पछ्याएको होराइजन १२ ओभरमा सबै विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो ।

उसका लागि मनिष थापाले सर्वाधिक १८ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायकसम्म रहन सकेन ।वरियर्सका बसिर अहमदले ४ ओभरमा १२ रन खर्चेर सर्वाधिक ५ विकेट हात पारे । आजै भएको अर्को खेलमा सुपर–११ भैरहवाले तिलोत्तमा टाइगर्सलाई ५ विकेटले पराजित गर्न सफल भयो । यो पनि पढौं– यी हुन् तीन महिना डेब्यू गर्ने ८ नेपाली खेलाडी, को कति सफल?