राजस्थानले बैंग्लोरलाई दियो बलियो लक्ष्य, बटलर र हेटमायरले गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई १७० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७० रन बनायो ।

उसका लागि ओपनर जोस बटलरले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्कासहित अविजित ७० रन बनाए । आईपीएलमा बटलरको यो १२ औं अर्धशतक हो । उनले अघिल्लो खेलमा शतक बनाएका थिए ।

टिमको दोस्रो खेलमा १९ ओभर खेल्दा शतक बनाएका उनले आज भने अर्धशतक बनाए । बटलरले आज पटकपटक जीवनदान पाए । र, उनले त्यसको सही सदुपयोग गरे । त्यस्तै, शिमरोन हेटमायरले ३१ बलमा चार चौका र दुई छक्कासहित नटआउट ४२ रनको योगदान दिए ।

त्यस्तै, देवदत्त पाडिक्कलले २९ बलमा दुई छक्का र दुई चौकाको सहयोगमा ३७ रन बनाए । यशस्वी जैसवाल चार र कप्तान सञ्जु सामसन भने आठ रनमा आउट भए । सुरुवात र मध्यक्रममा सुस्त गतिमा ब्याटिङ गरे पनि राजस्थानले अन्त्य भने शानदार गर्न सफल भयो ।

८.२ ओभरमा बटलर र हेटमायरले ८३ रनको आक्रामक साझेदारी गरे । यही उत्कृष्ट साझेदारीका कारण राजस्थानले बैंग्लोरलाई बलियो लक्ष्य दिन सफल भयो । बैंग्लोरका हलागि र्षल पटेल, वानिन्दु हसरंगा र डेविड विलीले एक/एक विकेट लिए ।

जारी सिजनमा राजस्थानले दुई म्याच खेल्दा दुवैमा जित हात पारेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । बैंग्लोरले दुईमध्ये एकमा जित र एक खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको सातौं स्थानमा छ ।