राजस्थानविरुद्ध बैंग्लोरको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बैंग्लोरले लगातार दोस्रो जित दर्ता गरेको हो । उसले पहिलोमा पञ्जाबविरुद्ध हार बेहोर्दा दोस्रो खेलमा भने कोलकातालाई हराएको थियो ।

तेस्रो खेलमा राजस्थानले दिएको १७० रनको लक्ष्य बैंग्लोरले १९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि सहबाज अहमद र दिनेश कार्तिकले उत्कृष्ट फिनिसिङ गरे । अहमदले २६ बलमा चार चौका र तीन छक्कासहित ४५ र कार्तिकले २३ बलमा सात चौका र एक छक्काको सहयोगमा अविजित ४४ रन बनाए ।

त्यस्तै, कप्तान फाफ डुप्लेसिसले २९, अनुज रावतले २६, हर्षल पटेलले अविजित ९, विराट कोहली र शेरफन रदरफोर्डले पाँच/पाँच रनको योगदान दिए । डेविड विलीले भने खाता खोल्न सकेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ट, युजवेन्द्र चहलले दुई/दुई र नवदीप सैनीले एक विकेट लिए ।

त्यसअघि, मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७० रन बनायो । उसका लागि ओपनर जोस बटलरले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्कासहित अविजित ७० रन बनाए । आईपीएलमा बटलरको यो १२ औं अर्धशतक हो । उनले अघिल्लो खेलमा शतक बनाएका थिए ।

त्यस्तै, शिमरोन हेटमायरले ३१ बलमा चार चौका र दुई छक्कासहित नटआउट ४२ रनको योगदान दिए ।देवदत्त पाडिक्कलले २९ बलमा दुई छक्का र दुई चौकाको सहयोगमा ३७ रन बनाए । यशस्वी जैसवाल चार र कप्तान सञ्जु सामसन भने आठ रनमा आउट भए । सुरुवात र मध्यक्रममा सुस्त गतिमा ब्याटिङ गरे पनि राजस्थानले अन्त्य भने शानदार गर्न सफल भयो ।

८.२ ओभरमा बटलर र हेटमायरले ८३ रनको आक्रामक साझेदारी गरे । यही उत्कृष्ट साझेदारीका कारण राजस्थानले बैंग्लोरलाई बलियो लक्ष्य दिन सफल भयो । बैंग्लोरका लागि हर्षल पटेल, वानिन्दु हसरंगा र डेविड विलीले एक/एक विकेट लिए ।

यो नितसँगै बैंग्लोर अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हारका बाबजुद राजस्थान भने अंक तालिकाको शीर्षमै छ । त्यस्तै, दोस्रो, तेस्रो, चौथो, पाँचौं, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः कोलकाता, गुजरात, पञ्जाब, लखनऊ, दिल्ली, मुम्बई, चेन्नई र हैदराबाद रहेका छन् ।