Khabar Board
Flash logo up side
flash header

नेपाली फुटबल टोली आज भारत जाँदै, यस्तो छ खेल तालिका

Nirbachan m

काठमाडौं ।

भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिपमा सहभागी हुनका लागि नेपाली फुटबल टोली आज भारत जाँदैछ । प्रतियोगिता आउँदो आइतबारदेखि सुरु हुँदैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल आइतबार हुनेछ ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बांगलादेशले खेल्ने छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।  नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै, नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । शीर्ष दुई टोलीले उपाधिका लागि ५ अगस्टमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली : (गोलकिपर) ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख। (डिफेन्ड) अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । (मिडफिल्डर) दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान (कप्तान) । (फरवार्ड) रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी ।

आयुष घलानले नेपाली यू-२० टिमको कप्तानी गर्ने :

Center article

साफ यू–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रबार भारत जाने भएको छ। एन्फाले शुक्रबार गर्ने विदाई कार्यक्रममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानलाई यू-२० टिमको कप्तान घोषणा गर्दैछ।

नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने ‍दाबि गरेका छन्। जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदैछन्।

नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।

यो पनि : दिपेशको स्थानमा रोहितले खेल्ने

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.