Khabar Board
Flash logo up side
flash header

साफ च्याम्पियनसिप खेल्न जानुअघि यस्तो भन्छन् आयुष घलान

Nirbachan m

काठमाडौ ।

भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिपमा सहभागी हुनका लागि नेपाली फुटबल टोली आज भारत जाँदैछ । प्रतियोगिता आउँदो आइतबारदेखि सुरु हुँदैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल आइतबार हुनेछ ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बांगलादेशले खेल्ने छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै, नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । शीर्ष दुई टोलीले उपाधिका लागि ५ अगस्टमा प्रतिस्पर्धा गर्नेछन् ।

यो पनि : नेपाली फुटबल टोली आज भारत जाँदै, यस्तो छ खेल तालिका

भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि यू–२० राष्ट्रिय टोलीको अन्तिम टोली घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय फुटबल टिम बाट खेली सकेका आयुष घलान पनि नेपालको यू–२० मा रहेका छन्। आयुष घलान टिमको अभ्यास राम्रो भएको हुनाले साफ यू–२० च्याम्पियनसिपमा राम्रो गर्ने बताएका छन्।

राष्ट्रिय टोलीमा भएका खेलाडीको गुणस्तरका कारण हामी यो साफ यू–२० च्याम्पियनसिपमा जुनसुकै टोलीलाई चुनौती दिने बताएका छन्। ”यस राष्ट्रिय टोलीमा भएका खेलाडीको गुणस्तरका कारण हामी यो साफ यू–२० च्याम्पियनसिपमा जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ भन्ने विश्वास छ” आयुष घलानले भने ।

Center article

साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले जुलाई २७ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जुलाई ३१ मा नेपालले भारतसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली : (गोलकिपर) ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख। (डिफेन्ड) अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । (मिडफिल्डर) दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान (कप्तान) । (फरवार्ड) रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी ।

यो पनि : आयुष घलानले नेपाली यू-२० टिमको कप्तानी गर्ने

यो पनि : दिपेशको स्थानमा रोहितले खेल्ने

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.