क्यानले भन्यो– सबै निकायले पहल गर्दा पनि सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिएन

Image

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सबै निकायले पहल गर्दा पनि सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको बताएको छ।

बिहीबार साँझ एक विज्ञप्तिमार्फत क्यानले सन्दीपको भिसाका लागि कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्‌बाट पहल भएको बताएको हो ।

“नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहान्छौँ,” क्यानले भनेको छ।

बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वान्टी–२० विश्वकपका लागि सन्दीपले दिएको भिसा आवेदन दोस्रोपटक अस्वीकृत गरिदिएको थियो । May be an illustration of blueprint and text