सन्दीप लामिछानेले विश्वकप खेल्ने, वेष्ट इण्डिज पुगिसकेको पुष्टि

Image

काठमाडौं । नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले विश्वकपको इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन्।

त्यसका लागि उनी वेष्ट इण्डिज पुगिसकेको कुरा नेपालट्युबले जनाएको छ।नेपालट्युब नामक च्यानलका सञ्चालक सरल गुरुङ हाल अमेरिका छन्। र, उनले त्यहाँ नेपालसँग जोडिएका विश्वकपसम्बन्धी विभिन्न अपडेट दिइरहेका छन्।

सरलले आज बिहान मात्र क्यानका उच्च अधिकारीबाट त्यो कुराको पुष्टि भएको बताएका छन्।

यो पनि : सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जानेबारे यस्तो भन्छ क्यान