एजेन्सी । आईसीसी टी–२० विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने बलर बङ्गलादेशका सकिब अल हसन हुन् ।
उनले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाएका सकिब अल हसनले हालसम्म विश्वकपमा ४७ विकेट लिइसकेका छन् ।
उनले टी–२० विश्वकपमा ३६ पाली खेल्दै यो कीर्तिमान बनाएका हुन् । टी–२० विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन भने केवल नौ रन खर्चिएर चार विकेट हो । सर्वाधिक विकेट लिने बलरको सूचिमा पाकिस्तानका साहिद अफ्रिदी दोस्रो स्थानमा छन् ।
आफ्नो समयका प्रभावशाली बलर अफ्रिदीले टी–२० विश्वकपमा ३९ विकेट लिएका छन् । पहिलो संस्करणदेखि टी–२० विश्वकप खेलेका साहिद अफ्रिदीले सन् २०१६ मा अन्तिम पटक विश्वकपमा सहभागिता जनाएका थिए ।