श्रीलंकाविरुद्ध यस्तो छ नेपालको सम्भावित प्लेईङ-११

Image

काठमाडौं । आइसीसी टि-२० विश्वकपमा नेपालले दोस्रो खेल बुधबार श्रीलंकासंग खेल्दै छ । यी दुई टोलिको खेल नेपाली समयअनुसार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुँदैछ ।

दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालले श्रीलंकासँग पहिलो खेल्ने लागेको छ । पहिलो भेटलाई जितका साथ ऐतिहासिक बनाउँन नेपाल आफ्नो बलियो प्लेईङ-११ को साथ मैदान उत्रने सम्भावना छ । श्रीलंकाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुने सम्भावना छ ।

ओपनर जोडिका रुपमा कुशल भुर्तेल र आसिफ शेखको जोडिले निरन्तरता पाउने सम्भावना रहेको छ । कुशल र आसिफको जोडिबाट उत्कृष्ठ सुरुआतको अपेक्षामा टिम रहने छ । शेखलाई विकेट किपरको भुमिकामा देखिदा कुशलले लेगस्पिन बलिङको जिम्मेवारी सम्हाल्न पर्नेछ । शेख र भुर्तेलले केही खेल यता आशा अनुरुपको प्रदर्शन देखाउन सकेका छैनन्।

तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई देख्ने सम्भावना रहेको छ । ब्याटिङमा पौडेलबाट कप्तानी ईनिङका साथ केही ओभर बलिङको समेत अपेक्षामा टिम रहेको छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा ऐरीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षमा टिम नेपाल रहेको छ ।

पाँचौ नम्बरमा अनिल शाहको सम्भावना रहेको छ । छैटो स्थानमा कुशल मल्लको सम्भावना छ । आक्रामक ब्याटिङका लागि चिनिने मल्लको आक्रमक प्रदर्शनको अपेक्षामा टिम रहने छ । मल्लबाट केही ओभर स्पिन बलिङ को समेत विकल्प रहने छ ।

सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना रहेको छ । तल्लो क्रममा आएर उत्कृष्ट ब्याटिङ क्षमता राख्ने झाबाट यस खेलमा पनि सोहि आक्रमकताको खोजिमा टिम रहने छ । झा तीव्र गतिको बलिङ विकल्पका रुपमा रहेका छन्।

आठौं र नवौं नम्बरमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको सम्भावना छ । यि दुवै बलरमा तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो हिटिङको क्षमता समेत रहेको छ । दशौं नम्बरमा सागर ढकालको सम्भावना रहेको छ । नेपालको स्पिन बलिङको नेतृत्व गर्ने सागरबाट बलिङमा राम्रो प्रदर्शनको अपेक्षा रहेको छ ।

एघारौं नम्बरमा तीव्र गतिका बलर अभिनास बोहराको सम्भावना रहेको छ । डेथ ओभरका लागि परिचित बोहरालाई डेथ ओभरमा नेपालले पछिल्लो समयमा व्यहोरि रहेको धेरै रनको समस्या हटाउने चुनौती छ ।

नेपालको सम्भावित प्लेईङ-११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, अनिल शाह , कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा