काठमाडौँ । फिफा विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार राति कतारले भारतलाई २–१ गोलले हराएको छ । हारसँगै भारत विश्वकप छनोटको तेस्रो चरणमा पुग्नबाट वञ्चित भएको छ ।
खेलमा सुरुआती अग्रता लिएर पनि भारत पराजित हुन पुग्यो । उक्त खेलमा अम्पायरको गलत निर्णय पनि भारतको हारको कारण बन्न पुग्यो । खेल सुरु भएको ३७औँ मिनेटमा भारतीय टोलीले अग्रता लिएको थियो ।
तर, दोस्रो हाफमा भारतले लगातार दुई गोल खायो । निर्धारित समयको ७३औँ मिनेटमा कतारका युसेफ आयमनले जवाफी गोल गरेका थिए । तर, त्यो गोल निकै विवादित बन्न पुग्यो । युसेफले दोस्रो गोल गर्नुअघि नै बल मैदानबाट बाहिरिएको थियो ।
७३औँ मिनेटमा कतारका अब्दुल्लाह अलाहरकले दिएको फ्रिकिक पासमा युसेफेले हेडमार्फत गोल गर्ने प्रयास गरेका थिए । तर, उनको त्यो प्रहार सफल हुन सकेन । त्यसपछि भारतीय पक्षको गोल पोष्टनजिक दुवै टोलीका खेलाडीको घम्साघम्सीबिच बल ‘टच लाइन’ भन्दा बाहिर पुगेको थियो ।
तर, कतारका खेलाडीले त्यो बललाई पुनः मैदानभित्र तानेका थिए । त्यसपछि उनले त्यो बल युसेफलाई पास दिए । लाइन्स म्यानले पनि यसतर्फ कुनै ध्यान दिएनन् । सोही मौकाको फाइदा उठाउँदै युसेफले बराबरी गोल गरेका थिए ।
त्यसपछि भारतीय टोलीका खेलाडीले रेफ्रीसँग यसको गुनासो पनि गरेका थिए । तर, रेफ्रीले भारतीय टोलीको आपत्तिप्रति कुनै चासो देखाएनन् । त्यसपछि कतारले ८५औँ मिनेटमा अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पा¥यो । खेल सकिएपछि पनि रेफ्रीको उक्त निर्णयको ब्यापक आलोचना भइरहेको छ ।
भारत र कतारबिचको खेलमा दक्षिण कोरियाका किम वु सुङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । उनले यसअघि गत मार्चमा हङ्कङ र उज्बेकिस्तानबिचको विश्वकप छनोट खेल पनि खेलाएका थिए । उनी कोरियन लिगका नियमित रेफ्री पनि हुन् ।
भारत र कतारबिचको खेलमा कोरियाकै काङ दोङ हो र चोन जिन ही सहायक रेफ्रीको भूमिकामा सक्रिय थिए । उक्त खेल दोहामा खेलिएको थियो । भारतीय टोली छनोट प्रतियोगिताको तेस्रो चरणमा पुग्न असफल भएको छ ।
A Heart-breaking moment football history.
The ball clearly goes out of play, yet the goal was awarded to Qatar due to which India doesn’t qualify for the world cup.
Isn’t this blatant #cheating?
FIFA ranking Qatar 34 and India 121.
pic.twitter.com/3b5uGLvLKi— X-News (@X_news2024) June 12, 2024