नामिबियामाथि इङल्याण्डको फराकिलो जित, भारत र क्यानडाबीचको खेल रद्द

Image

काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत नामिबियालाई ४१ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले नामिबियालाई डक वर्थ लुइस नियम अनुसार ४१ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको खेल १०-१० ओभर खेलाइएको थियो । इङल्याण्डले दिएको १२६ रनको लक्ष्य पछाएको नामिबियाले १० ओभरमा ३ विकेट गुमाउदै ८४ रन बनाएको थियो ।

यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दिया १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार नामिबियाले १० ओभरमा १२६ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि इङल्याण्डको ४ खेलमा ५ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ । अब इङल्याण्डको सुपर आठको यात्रा अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेलको नतिजाले तय गर्ने छ ।

अस्ट्रेलियाले यो खेल जितेमा इङल्याण्ड सुपर आठमा जाने छ भने स्कटल्याण्डले जितेमा इङल्याण्ड बाहिरिने छ । त्यस्तै नामिबिया भने विश्वकपबाट बाहिरिएको छ ।

भारत र क्यानडाको खेल रद्द

आइसीसी टी–२० विश्वकप क्रिकेटमा फ्लोरिडाको लाउडरहिलमा तय भएको भारत र क्यानडाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरेका हुन् । वर्षाका कारण यस मैदानमा लगातार तेस्रो खेल हुन सकेन । फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ । The soggy outfield meant play couldn't start on time, Canada vs India, T20 World Cup 2024, Lauderhill, June 15, 2024

भारत समूह ‘ए’ बाट सुपर एटमा पुगिसकेको छ । जसले गर्दा नतिजाले कुनै पनि प्रभाव परेन । यही समूहबाट अमेरिकाले पनि अन्तिम ८ मा स्थान पक्का गर्दा पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिएका छन् ।