Khabar Board

के गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने पक्का हो ? यस्तो भन्छन् भारतीय मिडिया

एजेन्सी । भारतीय क्रिकेट टोलीले राहुल द्रविडको प्रशिक्षकमा जारी टी–२० विश्वकप खेल्दैछ । यो प्रतियोगितापछि राहुल द्रविडको कार्यकाल समाप्त हुनेछ । यसैलाई ध्यानमा राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ प्रशिक्षकको खोजीमा व्यस्त छ ।

यो खोजको बीचमा गौतम गम्भीरको नाम भारतीय मिडिया रिपोर्टमा निकै चर्चामा आईरहेको छ । गौतम गम्भीर टीम इन्डियाको अर्को प्रशिक्षक हुने दाबी गरिएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्टका अनुसार बीसीसीआई स्रोतले गम्भीर र बोर्डबीच वार्ता भएको बताएको छ । गम्भीरले वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविडको स्थान लिने बताईएको छ।

मुख्य प्रशिक्षक बनेपछि गौतम गम्भीरले ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षकलाई आफ्नो मनपर्ने सपोर्ट स्टाफ छनोट गर्ने दैनिक जागरणले बताएको छ। अहिले ब्याटिङ प्रशिक्षकमा विक्रम राठौर छन् । यसबाहेक बलिङ प्रशिक्षकको भूमिकामा पारस महाम्बरे र फिल्डिङ प्रशिक्षकको भूमिकामा टि दिलीप रहेका छन् ।

रवि शास्त्री टिम इन्डियाको प्रमुख बनेपछि विक्रम राठौरलाई ब्याटिङ कोच बनाइएको थियो । द्रविडले पारस महाम्बरे र टी दिलीपलाईबलिङ र फिल्डिङ प्रशिक्षक परिवर्तन गरेका थिए।

गम्भीर मुख्य प्रशिक्षक बन्ने बारे कुनै आधिकारिक जानकारी भने आएको छैन। गम्भीरले यस वर्ष खेलेको आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सको मेन्टरको भूमिका निभाएका थिए । केकेआर गम्भीरको प्रशिक्षकमा च्याम्पियन बनेको थियो। यदि गम्भीर टीम इन्डियाको मुख्य प्रशिक्षक बने भने उनले केकेआरका खेलकुद कर्मचारीसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.